साउन १५ मा खीर खाने दिनलाई हाम्रापुर्खाहरुले सन्तुलितआहारको लागिलिएको मान्न सकिन्छ । खीर दैनिकखाननसकेतापनि साउन १५ मा खाने परम्परा संस्कृतीको रुपमाथियो, पछि यसलाई दिवसमा रुपमामान्नथालिएको हो ।
विशेषगरी असार साउनमा खेतबारीमाझरीमा रुझ्दै बलपूर्वक कामगर्नुपर्ने, जसका कारण चिसो लाग्ने र हिलोमा काम गर्ने हुँदा घाउ, खटिरा लाग्ने भएकाले त्यसको न्यूनिकरणका लागिखीर खाने परम्परा बसेको भन्ने बुझ्न सकिन्छ । खीरमा प्रयोग गरिने मरमसलाका कारण चिसो हट्ने, रोगसँग लड्ने शक्तिवाक्षमता वृद्धि हुने मान्यताका कारण परम्पराका रुपमाखीर दिवस मनाउनथालिएको बुझिन्छ ।
खीरमा चामलमिसाइने भनेकाले हामीले यसलाई प्रसादका रुपमा ग्रहण पनि गरिन्छ । पूजाआजामापनिचामलनचल्ने तर खीर बनाएपछि चल्ने हुन्छ । त्यसैले पनिखीर अत्यन्तै मौलिकआहार अन्तर्गतको खाद्यपदार्थ हो । सँधै सेवन गर्न नसकेतापनि साउन १५ मा चाडको रुपमा सेवन गरेर भएतापनि शरीरलाई आवश्यक पर्ने तत्वहरु पूर्ति होस भनेर दिवसका रुपमामानिएको अनुमान सहजै लगाउन सकिन्छ । पछिल्लो समययुवा पुस्ताले यसलाई चाडको रुपमालिने गरेको छन् ।
सामाजिक सञ्जालको प्रयोगले पनिखीर खाने दिनलाई अलि वढवा दिएको पाइन्छ । पहिले पहिले खीर खाने चलन घर घरमा परम्पराको रुपमा स्थापितथियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट सबैले खीर खानुपर्ने रहेछ, यो एउटा चलन रहेछ , परम्परा रहेछ स्वीकार्न थालिएको छ । कहिल्यै दुग्ध पदार्थ सेवननगर्ने अथवाखीर नखानेहरुले पनि साउन १५मा खीर खाएर मनाउने गर्नुहुन्छ ।
खीर खाने दिनले गाईभैंसी पालन प्रति मानिसहरुलाई प्रेरित पक्कै गर्छ । गाईभैसीबाट दुधउत्पादन हुन्छ त्यो उत्पादनविक्री भएपछि सहर बजारबाट प्राप्त रकमगाउँमा नै जाने हो । अहिले पनिदैनिक ३१ लाख लिटर दुधको रकम गाउँगाउँ सम्म पुग्छ । साउन १५ खीर खाने बेलालगभग एक करोड लिटरजतिदुधखपत हुन्छ । अन्यबेलापनि ९३ लाख लिटर दुधखपत हुन्छ ।त्यो बापतको जम्मा ६५ करोडको आर्थिक कारोबार हुन्छ ।
त्यो भनेको किसानहरुको लागिपनि राम्रो प्रोत्साहनहो । किनकीजतिपनिदुग्धपदार्थ उपभोग गछौं त्यो गरिसकेपछि किसानहरुलाई पशुपालन गर्न प्रोत्साहितपक्कै गर्छ । हामीले आँकडा निकाले अनुसार एक करोड लिटरजतिदुधखपतहुने अनुमान गरिएको छ । यो बापतको ६५ करोडसम्म कारोबार हुन्छ । विगत १गतेदेखि दुधको संकलनविस्तारै बढाउँदै लगेका छौं । किनकी एकै दिनमा यो सम्भवहुँदैन् । सबै डेरीहरुले दैनिकविक्री गर्ने दुधभन्दातीन गुण बढी विक्री गर्नुहुन्छ ।
पछिल्लो समयमाहामीएकदमै अप्ठ्यारो अवस्थामा छौं । हाम्रा गाउँघरहरु रित्तिएका छन् ।युवा पुस्ताहरु गाउँमा छैनन् । जेष्ठ नागरिकमात्र हुनुहुन्छ । उहाँहरुले मात्रगाइभैंसी पाल्न सक्नुहुँदैन् । र विस्तारै सहरमा बसाँइसराईको तर्खरमा हुनुहुन्छ । त्यसैले गाउँघरका बस्ती उजाड भएका छन् । गोठहरु खालीभएका छन् ।मानिसहरु सहर केन्द्रीतभएका छन् ।
जुन कुरा पशुपालनको लागि राम्रो होइन । किनकीपशुपालनगर्दाखेरी सहरमा होइनगाउँमा नै गर्नुपर्छ । सहरमा चरणको लागिजग्गाहुँदैन् । घाँसदेखि सबै कुरा सहरमा किनेर नै खुवाउँनुपर्छ । दुधको उत्पादनलागतपनि बढि हुन्छ ।किसान र उपभोक्तादुबैलाईं अप्ठ्यारो हुन्छ । त्यसैले पशुपालनविस्तारै गाउँघर तिर नै लैजाने कुरामा जोड दिनुपर्छ ।
खीर खाने दिनमाचाँहीअन्यदुग्धजन्यपदार्थको विक्रीखासै हुँदैन् । खीरमा प्रोटिन अलि बढि हुने भएकाले एकै दिन बढि खानु हुँदैन् भनेर पनिहो । खीरलाई तरकारी चाहिने भएकाले तरकारी विक्री बढ्न सक्छ ।
खीर दिवसलाई पर्र्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदाखीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलनबसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । छोराछोरीहरुलाई पनि परम्पराबारे बताउने गर्नुपर्छ । अनिमात्रभावी पुस्ताले यस दिनलाई निरन्तरतादिन सक्छन् ।
पहिलामहिनावा १५ दिनमाएकचोटी घरमा खीर खुवाउने चलन रहेको थियो । पछिल्लो समयमा मिडिया, सामाजिक सञ्जालको प्रभाव र सञ्चारकर्मीहरुले यसलाई एउटा परम्पराको रुपमा स्थापना गराउनको लागिमहत्वदिनु भएको कारणले अहिले सबै ठाँउमा, विशेषगरी युवापुस्तामापनिखीर खाने परम्परा बस्दै गएको छ । यसका साथै कार्यालय, विद्यालय, हस्पिटल सबै ठाँउमा साउन १५ गते खाजाको रुपमाखीर नै खाने चलनविगत धेरै वर्षदेखि चलिआएको छ । यसको प्रभाव सामाजिक सञ्जालले गर्दा नै आएको हो ।
यसकारण किसान र व्यवसायीहरुको तर्फबाट सबै मिडियाकर्मीहरुलाई धन्यवादभन्न चाहन्छु । खीर खाने परम्पराको इतिहासको कुरा गर्दा ठ्याक्कमिति त भन्न सकिदैन् । तर धेरै पहिलादेखि नै मानव बस्तीको सुरुवात भएर खाद्यपदार्थहरु सेवन गर्ने क्रममा दूधजन्य पदार्थ सेवन गर्ने चलनसँगै खीर खाने गरिएको अनुमानलगाउन सकिन्छ । यसपालीहामीसँगधूलो दूध स्टकमा रहेकाले भारतीय बजारबाट दुधआयात गर्नुपर्ने अवस्था छैन् । धूलो दूधभनेको खान नमिल्ने होइन यो दूधबाट नै बनेको हुनाले यसलाई प्रयोग गर्न सक्छौ ।
-नेपालन्यूज बैंक