मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

मेडिकल कलेजमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

भैरहवा । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवश्थामा बिहान करिब साढे १० पुरानो प्रेसर कुक बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । “बम पुरानो र खिया लागेको अवश्थामा थियो, नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको छ ।” कार्कीले भने “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौं ।”

प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवश्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले जानकारी दिए । 

बमलाई भैरहवा स्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे सफलतापूर्वक डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार