मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

१४ वर्षसम्म पुल निर्माणको काम अधुरै

Ujyalosandeshonline 12442+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

रौतहट । सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ ।

नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए । 

उनका अनुसार पुल बनेपछि  बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ । अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए । 

तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

माधवकुमार नेपालले  शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार