मुख्य समाचार
देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की |

बिहीबारदेखि जनकपुरमा कांग्रेसको मधेस प्रदेश सम्मेलन

Ujyalosandeshonline 11845+ समाचार ( )
४ पौष २०८०, बुधवार

जनकपुर । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन बिहीबारदेखि जनकपुरधाममा हुँदैछ । सम्मेलन तयारीका सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेशका सभापति कृष्ण यादवले दुई दिनसम्म चल्ने पार्टीको पहिलो मधेश सम्मेलनले संघीयताको कार्यान्वयनमा नेता कार्यकर्ताको हिम्मत बढाउने बताएका छन् । 

उनले भने ‘यो सम्मेलनले पार्टीको मधेसमा उपस्थिति दर्शाउनेदेखि संघीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने छ ।’ मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले सम्मेलनमा पार्टी सभापति, उपसभापति,  महामन्त्रीसहित मन्त्री र शीर्ष नेताहरुको सहभागिता रहने जानकारी दिए । 

उनले कांग्रेसको नेतृत्व बिना देश मात्र नभई मधेस पनि अगाडि बढ्न नसक्ने स्थिति रहेकाले यस सम्बन्धमा समेत सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताए । 

त्यसअघि पार्टीको मधेश प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बुधबारको बैठकमा भएका निर्णयहरु बारे जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा पार्टीको मधेस प्रदेश समितिका उपसभापति तथा मधेस सरकारका मन्त्री वीरेन्द्र सिंह, कोषाध्यक्ष प्रदीप यादव, नेता रामसरोज यादवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार