मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 12321+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे ।

उनले खासगरी एउट जिल्लाबाट अर्को जिल्ला जाने क्रममा एक किलोमिटर भन्दा कम दुरीमा दुई–दुई पटक चेकिङ्ग गर्ने गरेकाले यस्तो नगर्न ट्राफिक प्रहरीहरुलाई सुझाव दिए । उनले पासो थापेको जस्तै गस्ती लगाएर दुर दराजका इलाकाहरुमा गाडिहरुको अनावश्यक चेकिङ्ग गर्ने गरेको यात्रुहरुले कयौं पटक गुनासो गरेको बताए । उनले व्यस्थित रुपमा रुट निर्धारण गरेर चेकजाँच गर्न ट्राफिक ईन्चार्जहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अभिभावकहरुलाई आफ्नो छोराछोरीलाई उमेर नपुगेसम्म लाइसेन्स बिना सवारी साधन चलाउन नदिन आग्रह गरे । संसारमा मानिसको ज्यान भन्दा महत्वपूर्ण केही नभएको भन्दै उनले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सुझाव दिए ।मुख्यमन्त्री सिंहले सबैजनालाई सडकको नियम पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार