मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता ः
लुम्बिनी बिरुद्ध कर्णालीको सहज जित

Ujyalosandeshonline 11005+ समाचार ( )
३ माघ २०८०, बुधवार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । कर्णालीको कसिलो बलिङ्गको अगाडी आफ्नै गृहमैदानमा लुम्बिनी पराजित हुन पुगेको हो । कर्णालीले लुम्बिनीलाई ६० रनले पराजित गरेको हो । 

लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङ्गको निम्तो दिएको थियो । भैरहवाको खराब मौषमका कारण ५० ओभरको खेललाई ४५ ओभरमा झारिएको थियो । कर्णाली निर्धारित ४५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । कर्णालीको सुरुवात राम्रो हुन सकेन । उसका सुरुवाती ब्याटरहरु टिकेर खेल्न नसक्दा सुरुमा कर्णाली दबाबमा परेको थियो । २३ रनमै पहिलो विकेटको रुपमा राजेश खडकालाई उनको ७ रनको अवश्थामा गुमाएको कर्णालीले त्यसपछि २४ रनमै दोश्रो विकेटको रुपमा विपिन शाहीलाई गुमायो । शाही संगै दिवन पुन अनुज चुनारा विपिन शर्मा पनि डक आउट भए ।

कर्णालीका लागि आठौ विकेटको रुपमा आएका दिपेन्द्र रावत र दिनेश अधिकारीको जोडीले टिमलाई जितको बलियो आधार दिलाए । ६६ बलमा ५० रनको साझेदारी नै कर्णालीको लागि निर्णायक रह्यो । कर्णालीको लागि दिनेश अधिकारीले अर्धशतकिय पारी खेले । उनले ५९ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अविजित ५६ रन बनाए । यस्तै दिपेन्द्र रावतले ४७ र हिमान्सु शाहीले २५ रनको ब्यक्तिगत योगदान दिए । 

बलिङ्ग तर्फ लुम्बिनीका निर्मल गुरुङ्ग र अभिषेक गौतमले समान ३÷३ विकेट लिए । 

१ सय ८५ रनको बिजयी लक्ष्य सहित मैदान छिरेको लुम्बिनीलाई कर्णालीले सुरु देखि नै दबाबमा राख्यो । सुरुवाती ब्याट्रहरु टिकेर खेल्न सकेनन् । ओपनिङ ब्याट्र मृनाल गुरुङ्ग (२२ रन) बाहेक अन्य ब्याटरहरु मैदान आउजाउ मात्र गरिरहे । सातौ विकेटको रुपमा आएका कृष्ण कार्कीले टिमको लागि केही आशा जगाए पनि अन्ततः उनले पनि टिमलाई जित दिलाउन सकेनन् । दिवन पुनको बलमा बोल्ड हुनु अघि कार्कीले टिमको लागि ७७ बल खेल्दै १ छक्का र ३ चौकाका मद्दतमा ४७ रन प्रहार गरेका थिए । 

लुम्बिनीको टोलीलाई कर्णालीका दिनेश अधिकारी, अनुज चुनारा र दिपेन्द्र रावतले खेल अवधिभर चल्न दिएनन् । ६ ओभर बलिङ गरेका दिनेश अधिकारीले १ मेडेन राख्दै १८ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए । यस्तै अनुज चुनारा र दिपेन्द्र रावतले समान २÷२ विकेट लिए । 

लुम्बिनी र कर्णाली बिच भएको खेलमा ५६ रन बनाएर ३ विकेट समेत लिएका कर्णालीका दिनेश अधिकारी म्यान अफ द प्लेयर घोषित भए । 

बिहिबारको खेल सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेश बिच हुदै छ । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा सुदूर अहिले सम्म अविजित रहेको छ भने गण्डकीले आफ्नो २ खेल गुमाईसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार