मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

रुपन्देहीको कोटहीमाईमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३०० जना लाभान्वित

जैसमोहम्मद खान 76+ समाचार ( )
९ पौष २०८२, बुधवार

मर्चवार । कोटहीमाई गाउँपालिकाको आयोजना र लुम्बिनी म्याक्स अस्पतालको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । कटया आधारभूत विद्यालयमा आयोजित उक्त शिविरबाट करिब ३०० जना स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा हाडजोर्नी, महिला तथा प्रसूति, पाठेघरसम्बन्धी समस्या र जनरल फिजिसियनमार्फत विभिन्न रोगको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले मर्चवार क्षेत्रमा विशेषज्ञ अस्पतालको अभाव रहेकाले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नियमित शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिला र विपन्न समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी भई समयमै स्वास्थ्य उपचार गराउन र स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार