मुख्य समाचार
सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति | बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम |

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11851+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरुको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घर-घरमै पुगेर नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभएको छ ।

शुभकामना सन्देशमा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ । यसले ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको प्रदेश सरकारको ठहर रहेको छ ।

मुख्यमन्त्री आचार्यले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभएकाे छ । साथै उहाँले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार