मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

बाँकेको राप्ती नदी कटान क्षेत्रमा मुख्यमन्त्री, अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्ने प्रतिबद्धता

Ujyalosandeshonline 12548+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

बाँके । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ ।   

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्नेगरी अल्पकालिन र दिर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताउनु भएको छ । राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव वस्ती उच्च जोखिममा परेको छ ।

स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरुको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।‘राप्ती नदीमा आउने बाढी र त्यसले पु¥याउने जोखिम न्यूनिकरण गर्न अल्पकालिन र दिर्घकालिन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।’ 

राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदि तटिय क्षेत्र सधैं डुबानमा पर्ने गरेका छन् । स्थानीयहरु विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नं. ७ को ७५ प्रतिशत भुभाग प्रभावित हुदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताउनु भयो ।‘राप्ती नदीले कटान तिब्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामि विस्थापित हुने जोखिम छ’उहाँले भन्नुभयो,‘समस्या समाधान गर्नेगरी कार्यक्रम चले राम्रो हुन्थ्यो ।’

राप्ती नदी तटबन्धका लागि संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । तर, यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हुदा स्थानीयहरु नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ । जोखिम क्षेत्रको अवलोन गर्न मुख्यमन्त्री आचार्य सहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासिन्दा संग छलफल समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार