मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

हेटौंडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध व्यवसायीहरूको धर्ना

Ujyalosandeshonline 12208+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौंडा–२ बाट ¥यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् ।

अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुनेगरि विज्ञापान करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उत्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।

व्यवसायीको आन्दोलनलाई मकवानपुर उद्योग वाणिज्य संघ मातहतको १८ भन्दा बढी बस्तुगत संघहरुले ऐक्यवद्धता जनाएका छन् । ब्यवसायीहरुले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मंगलबार नै ज्ञापनपत्र बुझाएका थिए ।

हेटौंडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारदर, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि हेटौंडाका व्यवसायी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार