मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास

Ujyalosandeshonline 12612+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास गरेका छन्  । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए । 

मुलुकलाई रचनात्मक कामबाट  विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे । अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा  २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ । 

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार