मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ । सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरेको हो ।  

सो पार्टीले विभिन्न कारण नेपाल बाहिर रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्न लाखौँ नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपालीले संविधानको धारा ८४ (५) तथा २०७४ साल चैत ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्नुपर्ने माग गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिनुभयो । 

पार्टीले भनेको छ, “रोजगार, अध्ययन तथा बसोबासको कारण देश बाहिर रहेका लाखौँ नेपाली नागरिक र देशभित्रै मतअधिकारबाट वञ्चित भएका छ्न, उहाँहरुको मतअधिकारको सुनिश्चित गरिनुपर्छ ।” सरकार र राज्यका सरोकारवाला निकायले आगामी फागुन २१ गते हुने निर्वाचन गतिविधिलाई तीव्रता दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार