मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

गौतमबुद्ध प्रेस क्लब गठन, थानेश्वर घिमिरे अध्यक्ष

जगीलाल थापा 30+ समाचार ( )
२० कार्तिक २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवा क्षेत्रमा क्रियाशील पत्रकारहरूले गौतमबुद्ध प्रेस क्लब नामक साझा संगठन गठन गरेका छन् । यस भेलाले ९ सदस्यीय तदर्थ समिति चयन गरेको छ, जसको अध्यक्षमा साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) निर्वाचित भएका छन् ।

क्लबको उपाध्यक्षमा रेडियो आवाजका कृष्ण भण्डारी, महासचिवमा रेडियो सैनामैनाका अनिल पहाडी, सचिवमा लुम्बिनी दैनिकाका सम्वाददाता अनिता चौधरी र कोषाध्यक्षमा रेडियो टाइम्सका नरेश चौधरी सर्वसम्मत चयन भएका छन्।

सदस्यहरूमा हाम्रो लुम्बिनी खबरका दिनेश घिमिरे, रेडियो कञ्चनका गोबिन्द आचार्य, उज्यालो अनलाईनका रमेश गैरे र रेडियो मलमलाका रितु पौडेल रहेका छन् । वरिष्ठ पत्रकार छवि पाण्डे, डिआर पन्थी र भुवन जी.सीलाई क्लबको सल्लाहकारमा मनोनयन गरिएको छ ।

नवगठित क्लबको उद्देश्य आवाजविहीनहरूको आवाज उठाउने, सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसहरूको प्रवर्द्धन गर्ने तथा पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीहरूको हकहितमा काम गर्ने रहेको अध्यक्ष घिमिरेले बताए । उनले अग्रज पत्रकारलाई सम्मान गर्दै नवसञ्चारकर्मीलाई व्यावसायिक र उत्तरदायी पत्रकारिताका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाए ।

सैनामैना, कञ्चन र गैडहवामा टेलिभिजन, रेडियो र अनलाईन लगायत एक दर्जनभन्दा बढी सञ्चार गृहहरूमा दुई दर्जनभन्दा बढी सञ्चारकर्मी आबद्ध छन् । क्लबलाई विभिन्न निकायमा दर्ता गर्नका लागि विधान मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार