मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

गौतमबुद्ध प्रेस क्लब गठन, थानेश्वर घिमिरे अध्यक्ष

जगीलाल थापा 30+ समाचार ( )
२० कार्तिक २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवा क्षेत्रमा क्रियाशील पत्रकारहरूले गौतमबुद्ध प्रेस क्लब नामक साझा संगठन गठन गरेका छन् । यस भेलाले ९ सदस्यीय तदर्थ समिति चयन गरेको छ, जसको अध्यक्षमा साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) निर्वाचित भएका छन् ।

क्लबको उपाध्यक्षमा रेडियो आवाजका कृष्ण भण्डारी, महासचिवमा रेडियो सैनामैनाका अनिल पहाडी, सचिवमा लुम्बिनी दैनिकाका सम्वाददाता अनिता चौधरी र कोषाध्यक्षमा रेडियो टाइम्सका नरेश चौधरी सर्वसम्मत चयन भएका छन्।

सदस्यहरूमा हाम्रो लुम्बिनी खबरका दिनेश घिमिरे, रेडियो कञ्चनका गोबिन्द आचार्य, उज्यालो अनलाईनका रमेश गैरे र रेडियो मलमलाका रितु पौडेल रहेका छन् । वरिष्ठ पत्रकार छवि पाण्डे, डिआर पन्थी र भुवन जी.सीलाई क्लबको सल्लाहकारमा मनोनयन गरिएको छ ।

नवगठित क्लबको उद्देश्य आवाजविहीनहरूको आवाज उठाउने, सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसहरूको प्रवर्द्धन गर्ने तथा पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीहरूको हकहितमा काम गर्ने रहेको अध्यक्ष घिमिरेले बताए । उनले अग्रज पत्रकारलाई सम्मान गर्दै नवसञ्चारकर्मीलाई व्यावसायिक र उत्तरदायी पत्रकारिताका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाए ।

सैनामैना, कञ्चन र गैडहवामा टेलिभिजन, रेडियो र अनलाईन लगायत एक दर्जनभन्दा बढी सञ्चार गृहहरूमा दुई दर्जनभन्दा बढी सञ्चारकर्मी आबद्ध छन् । क्लबलाई विभिन्न निकायमा दर्ता गर्नका लागि विधान मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार