मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

तनहुँ बस दुर्घटना अपडेट :
मृतकको संख्या १९ पुग्यो (यात्रुहरुको सुचि सहित)

Ujyalosandeshonline 12334+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

भैरहवा । भारतीय पर्यटक बोेकेको भारतीय नम्बर प्लेटकै बस तनहुँमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार मृत्यु हुनेमा १३ जना महिला ५ जना पुरुष र १ जना बालिका रहेका छन् । बसमा सवार अन्य यात्रुहरु घाईते अवश्थामै रहेको कारण मृतकहरुको पहिचान खुल्न नसकेको उनले बताए । 

बसमा कुल ४१ जना सवार थिए । जस मध्ये १९ जनाको मृत्यु भएको छ । घाईते २२ जना मध्ये १२ जनालाई नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत थप उपचारको लागि काठ्माण्डौ लगिएको र अन्य १० जनानको स्थानिय अस्पतालमा उपचार भई रहेको शाहीले जानकारी दिए ।

मृतक तथा घाईते परिवारका कोही पनि आफन्त अहिले सम्म प्रहरीको सम्पर्कमा नआएको उनले बताए । उद्दपी यस बारेमा नेपाल स्थित भारतीय दूतावासलाई जानकारी गराई सकिएको र सम्पर्कमा ल्याउने प्रयास भई रहेको उनको भनाई छ । 

पोखराबाट काठमाण्डौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको थियो ।

भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी भन्सार प्रक्रिया पुरा गरिएको थियो ।

दुर्घटनामा परेको बसमा सवार यात्रुहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरु नेपाल आएका थिए । बसमा सवार यात्रुहरु भारतको महाराष्ट्रको रहेको बताइएको छ ।

घटनाबारे जानकारी भए पछि भारतका महाराजगञ्जका एसडीएम नंद प्रकाश मौर्य, क्षेत्राधिकारी जय प्रकाश त्रिपाठी, तहसीलदार पंकज शाही, थानाध्यक्ष अंकित सिंहको टोली घटनास्थल तर्फ हिडेको भारतीय पक्षले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार