मुख्य समाचार
पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने | रोहिणीको मुहार फेर्न विकासका पूर्वाधार र लालपुर्जाको समस्या तत्काल हल गर्ने मन्त्री लम्सालको प्रतिबद्धता | सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन | मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन | सशस्त्र प्रहरीको सक्रियता: साढे सात लाख बढीको अवैध सामान र चौपाया नियन्त्रणमा | कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित | मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह | वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध | युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु | मनसुनजन्य विपद्को पूर्वतयारीमा रहन मुख्यमन्त्रीको निर्देशन |

छानविन समितिलाई प्रहरीले उपलब्ध गरायो सहकारीको उजुरी संख्या

Ujyalosandeshonline 11954+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराएको समिति सभापति सूर्य थापाले जानकारी दिएका हुन् ।

उनले भने,‘सहकारीसँग सम्बन्धी पाँच हजार तीन सय वटा उजुरी अनुसन्धान गर्ने निकायहरुमा दर्ता भएको छ । यो क्रम जारी रहेको छ । ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता भइसकेको जम्मा ५५ हजार ४१० जना पीडितले उजुरी दर्ता गरेको विषय राख्नुभएको छ ।’

पीडितहरुले माग दाबी गरेको अनुसन्धन्धान गरेको र मुद्दा चलाएकोमा बढीजस्तो ठगी सम्बन्धी विषय रहेको र पीडितका अनुसार त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबरको ठगीमा परहेको भन्ने जानकारी आएको पनि उनले बताए । 

अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको थापाले जानकारी दिए । 

सभापति थापाले भरत महर्जन, जिबी राई ,कुमार रम्तेल, देवकुमार नेपाली, सुवास  केसी र अरू विभिन्न ब्यक्तिहरू रोशनी गुरूङसहितको बारेमा सोधखोज गरेको पनि जानकारी गराए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै