मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

एसईई परीक्षामा मधेश प्रदेशबाट ८८ हजार ८५८ विद्यार्थी सहभागी

Ujyalosandeshonline 11876+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

जनकपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् ।

१ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनाएको छ ।

यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी भएका छन् । धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले जानकारी दिए । त्यस्तै, सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले सहभागी भएका छन् ।

आजदेखि सुरु भएको परीक्षामा ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइएको छ । यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यो वर्षको एसईईमा मधेस प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण भएकोमा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइएको निर्देशनालयले जनाएको छ ।

यस अघि मधेश प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष छनोट नगरेको भन्दै एसईई परीक्षादेखि प्रदेश सरकारलाई कुनै मतलब नरहेको मुख्यमन्त्री सतीश कुमार सिंहले घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार