मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

एसईई परीक्षामा मधेश प्रदेशबाट ८८ हजार ८५८ विद्यार्थी सहभागी

Ujyalosandeshonline 12612+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

जनकपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् ।

१ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनाएको छ ।

यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी भएका छन् । धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले जानकारी दिए । त्यस्तै, सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले सहभागी भएका छन् ।

आजदेखि सुरु भएको परीक्षामा ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइएको छ । यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यो वर्षको एसईईमा मधेस प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण भएकोमा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइएको निर्देशनालयले जनाएको छ ।

यस अघि मधेश प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष छनोट नगरेको भन्दै एसईई परीक्षादेखि प्रदेश सरकारलाई कुनै मतलब नरहेको मुख्यमन्त्री सतीश कुमार सिंहले घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार