मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रूपन्देही सुपरलिगः बुटवल राइनोजलाई २८ रनमा अलआउट गर्दै न्यु होराइजनको जित

Ujyalosandeshonline 12342+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

भैरहवा । न्यु होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले लज्जास्पद हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यु होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । तर, जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ११ ओभर २ बलमा २८ रन जोड्दा अलआउट भयो र प्रतियोगितामा सबैभन्दा कम स्कोर बनाउने टिमको इतिहास समेत बनायो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निश्चल ज्ञवालीलले ४ ओभर बलिङ गर्दै ६ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रिन्स पालले ५ ओभर २ बलमा २ मेर्डनसहित १२ रन खर्चेर ५ विकेट नै लिए ।

न्यु होराइजनका निश्चल ज्ञवालीले ७७ रनको अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाही, शुभम घमाल र इमरान शेषले समान २–२ तथा सुरज सारु, सुप्रिम कँडेल र शिव कुँवरले १–१ विकेट लिए । बुटवलका सुनिल गुरुङले सर्वाधिक ८ रन बनाए । उसका ६ खेलाडी शून्य रनमै प्याभेलियन फर्किए । खेलमा अलराउण्ड प्रदर्शन गरेका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार