मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

गायक योगेश वैद्यको निधन

Ujyalosandeshonline 12543+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषदका सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।

गायक वैद्य ७७ वर्षका थिए । सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । ‘ आजै पशुपतिमा हामी उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनेछौं । त्यसपछि अन्त्येष्टि गरिनेछ’, उनले भने ।

योगेशको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु...’ । 

योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ । 

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् । 

त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा विताएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार