मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

पुष १२ गतेदेखि मध्यपुर महोत्सव हुने

Ujyalosandeshonline 12337+ समाचार ( )
४ पौष २०८१, बिहीबार

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पुष १२, १३ र १४ गते ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना गर्न लागेका छन् । विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर अर्थतन्त्रस गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गर्न लागेका जानकारी दिएका हुन् । 

मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.स २०५५ सालमा मध्यपुर महोत्सव, २०५८ र २०६१ मा थिमि महोत्सव आयोजना गरिएको थियो । 

यस्तै, नगर प्रमुख एवम् संयोजकसुरेन्द्र श्रेष्ठले महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पु¥याउनु, नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्ने र समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने रहेको बताएका छन् । 

महोत्सव थिमि शंखधरचोकबाट शुरु भइ बालकुमारी, चपाचो, नगदेश र बोदे हुदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक वस्तीक्षेत्रमा सञ्चालन हुनेछ ।

महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने निश्चित भएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला संस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ । सांस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ भने नेपाली मुद्रा एवम् सिक्काहरुको प्रदर्शनी बालकुमारी र नगदेशमा हुने व्यवस्था गरिएको छ ।

नेवारी संस्कार र भेषभुषा प्रदर्शनी ५, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी ४, माटोका भाँडाकुडा र सेरामिक्स प्रदर्शनी १६, मूर्ति र मूर्तिकला प्रदर्शनी ४, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल ५०, पुस्तक प्रदर्शनी ४ र परम्परागत खेल प्रदर्शनी २, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी ४५ स्थानमा रहनेछ ।

घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको बालकुमारी र चापाचो गरी दुई स्थानमा हुने प्रदर्शनीमा १२० स्टल रहने छ । ऐतिहासिक जात्रा पर्व र नाचको डेमो प्रदर्शनी ७ स्थानमा रहने छ ।

ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, इंन्दअप्सरा नाच, जोगी प्याखँ, दिगंवर प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वा ःपिज्या नाच, सलचा नाच प्रदर्शनीको व्यवस्था गरिएको छ ।

सांस्कृतिक बाजागाजा प्रदर्शनीतर्फ गुँला बाजा, घिन्ताङ्गघिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बासुरी बाजा, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनीतर्फ कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजन रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार