मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद

Ujyalosandeshonline 12614+ समाचार ( )
२० असार २०८२, शुक्रबार

रौतहट । पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ बाट अवैध रुपले भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । 

छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइ राखिएको अवस्थामा लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहले बताए ।

तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको उनको भनाइ छ । भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको पाइएकाले बरामद गरिएको उनले प्रष्ट पारे । बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार