मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

एमाले र नेकपाबिच प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति

Ujyalosandeshonline 12320+ समाचार ( )
९ श्रावण २०८३, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच प्रदेश सरकार गठन तथा सञ्चालनका लागि तीनबुँदे सहमति भएको छ । दुवै दलका प्रमुखबिच प्रदेश सभामा उत्पन्न बजेट सम्बन्धी असमझदारी र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा अन्त्य गर्दै सुशासन, समृद्धि र राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले सो सहमति भएको हो ।

सहमति अनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । जसअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले सम्हाल्नेछ । यस्तै, मधेश र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने भएको छ । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ । दुवै दलले प्रदेशमा स्थिर सरकारमार्फत जनअपेक्षाअनुसार विकास र सुशासनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै