मुख्य समाचार
चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै | स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता | आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना | पाकिस्तानको हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव ल्याइयो |

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

Ujyalosandeshonline 12008+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो ।

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११ः४० बजेदेखि नै सुरु भएका छन् । राति ११ः४० देखि ११ः५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११ः५५ देखि शुक्रबार बिहान १२ः२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १ः१५ देखि १ः४० बजेसम्म उम्मेदवार बिरुद्ध दाबी बिरोध र उम्मेदवारी फिर्ता र बिहान १ः४० देखि ३ बजेसम्म निर्वाचन तथा मतदान प्रकृयाको तयारी गरिने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ३ः३० मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ । आयोगले सबै प्रतिनिधि तथा सरोकारवालालाई तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार