मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रासस 719+ समाचार ( )
१८ माघ २०८२, शनिबार

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।

पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो । यस्तो अवस्थामा यात्रु दहभित्र खस्न सक्ने भएकाले बरफमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैमा आग्रह गर्दै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपार्न पनि सबैमा अनुरोध गर्नुभयो । 

हाल गोसाइँकुण्ड क्षेत्रमा चिसो बढिरहेको र पर्यटकको चहलपहल पनि रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा गाउँपालिकाले निगरानी बढाएको जनाएको छ । तीर्थयात्री तथा पर्यटकलाई स्थानीय सूचना, निर्देशन र सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । साथै मौसमको प्रतिकूलता हेरी हिउँ परिरहने क्षेत्र चिप्लोबाटो भएकाले साथी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि सुरक्षा निकायले अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार