मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

शान्ति प्रक्रियाको बाँकी काममा तरबार झुण्डाइरहने प्रबृत्ति हाबी भयो : नाराणकाजी श्रेष्ठ

Ujyalosandeshonline 12612+ समाचार ( )
२८ माघ २०८१, सोमबार

तनहुँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रिया को पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भएपनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको टिप्पणी गरेका हुन् ।

उनले भने,‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार हो । सामाजिक आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्नुपर्ने छ त्यो काम माओवादी केन्द्रले मात्र पूरा गर्न सक्छ । हामी चाहन्छौं यो कार्यभार हाम्रो पार्टीले पूरा गर्नुपर्छ । पार्टीले यो कार्यभार पूरा गर्न सकेन भने अरु कुनै पनि पार्टीले गर्न सक्दैन ।’

साथै उनले राजनीतिक सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् । द्वन्द्व पीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै शान्ति प्रक्रिया छिटो टुंगो लगाउन माग गरेका हुन् ।

उनले भने, ‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार हो । छिटो राजनीतिक सहमतिको आधारमा जिम्मेवारी सिफारिस कमिटी गठन गरियोस् । त्यसको सिफारिसको आधारमा सरकारले शान्तिप्रक्रियाको काम पूरा गरोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार