मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नेताहरुले भने : पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौं

Ujyalosandeshonline 12611+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ । शनिबार राप्रपा नेपालले काठमाडौंमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो । 

सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन भएको बताएका छन् । उनले भने, ‘आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, नेपाललाई एकीकरण गर्ने अभियानका अभियन्ता पृथ्वीनारायण शाह हुन् । उहाँले इतिहास रच्नु भएको छ ।’ 

यस्तै, राप्रपा नेपालका नेता पशुपति शमशेर जबराले पृथ्वीनारायण शाह मुलुकको निर्माता भएका हुनाले उनलाई सधैँ सम्झनुपर्ने बताए । उनले भने, ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । सधैँ सम्झनु पर्छ । आजको दिन सधैँ सम्झनुपर्ने र खुशीको दिन हो ।’ 

कार्यक्रममा नेता भीम रावलले पनि पृथ्वीनारायण शाहले दिएको उपदेशलाई आत्मसाथ गरेको बताउँदै नेपाली भएर अरुको अगाडि झुक्ने अवस्था आउन नहुने बताए । उनले भने, ‘हामी जुन जात, धर्म र क्षेत्रको भएपनि शिर उठाएर हिड्नुपर्छ भनेर पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरेर हिडेका छौं । हामी नेपाली भएर अरुको अगाडि झुक्नु नपरोस,’

राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डोल प्रसाद अर्यालले पनि देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान रहेको बताए । उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत थुप्रै राजनीतिक दलका सदस्यहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै