मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नेताहरुले भने : पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौं

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ । शनिबार राप्रपा नेपालले काठमाडौंमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो । 

सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन भएको बताएका छन् । उनले भने, ‘आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, नेपाललाई एकीकरण गर्ने अभियानका अभियन्ता पृथ्वीनारायण शाह हुन् । उहाँले इतिहास रच्नु भएको छ ।’ 

यस्तै, राप्रपा नेपालका नेता पशुपति शमशेर जबराले पृथ्वीनारायण शाह मुलुकको निर्माता भएका हुनाले उनलाई सधैँ सम्झनुपर्ने बताए । उनले भने, ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । सधैँ सम्झनु पर्छ । आजको दिन सधैँ सम्झनुपर्ने र खुशीको दिन हो ।’ 

कार्यक्रममा नेता भीम रावलले पनि पृथ्वीनारायण शाहले दिएको उपदेशलाई आत्मसाथ गरेको बताउँदै नेपाली भएर अरुको अगाडि झुक्ने अवस्था आउन नहुने बताए । उनले भने, ‘हामी जुन जात, धर्म र क्षेत्रको भएपनि शिर उठाएर हिड्नुपर्छ भनेर पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरेर हिडेका छौं । हामी नेपाली भएर अरुको अगाडि झुक्नु नपरोस,’

राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डोल प्रसाद अर्यालले पनि देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान रहेको बताए । उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत थुप्रै राजनीतिक दलका सदस्यहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार