मुख्य समाचार
मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु |

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

Ujyalosandeshonline 12618+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।

वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताउनुभयो। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उहाँले बताउनुभयो।

“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भन्नुभयो, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पु¥याउन सकेका छैनौँ।”हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उहाँले बताउनुभयो।

“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।”पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ।

“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उहाँले भन्नुभयो, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”हालसम्म करिब रु सात लाखको खुर्सानी बिक्री भइसकेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार