मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहकारीमा सानो लगानी गरौं, ऋणलाई बोझ नसम्झौं : महेन्द्र गिरी

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । पछिल्लो समय नेपालका सहकारीहरुमा समस्या र विश्वसनीयतामा देखिएको संकटप्रति सहकारी अभियन्ता महेन्द्र गिरीले १० बुँदामा टिप्स दिएका छन् ।

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख समेत रहेका गिरीले सानो सानो लगानी गर्न, ऋणलाई बोझ नसम्झन, संस्थाको जगेडा कोषलाई मजबुत बनाउन सुझाव दिएका छन् ।

त्यस्तै उनले सहकारीले थोरै नाफा कमाउँदै सदस्यहरुको जीवनमा आइपर्ने समस्याहरुको समाधान हुने सामाजिक व्यवसाय गर्न, राम्रा सहकारीबीच मर्जर प्रक्रिया अघि बढाउन साथै सहकारीका सञ्चालक, लेखा तथा उच्च व्यवस्थापनले संस्थाबाट ऋण नलिने व्यवस्था गर्न सुझाएका छन् । 

सहकारीहरुले अब कसरी अघि बढनु पर्ला त ? 

१. ऋण– आफूलाई बैंक नसम्झेर सानो सानो लगानी गरौं ताकी सदस्यहरुले पनि ऋणलाई बोझ नसम्झुन ।

२.बचत– सानो सानो दीर्घकालीन बचतलाई प्राथमिकता दिऔ, ताकी बचत फिर्ता माग गर्न माइतीघर मण्डला पुग्नु नपरोस् ।

३.संस्थागत पुँजी– संस्थाको जगेडा कोषलाई मजबुत बनाऔं ।

४.बहुउद्देश्यीय कारोबार– संस्थाको संस्थागत पुँजी बलियो बनाएर मात्रै बहुउद्देश्यीय कारोबारलाई विस्तार गर्दा जोखिम कम हुनेछ  । 

५. लाभांश÷सुविधा– अब सदस्यहरुलाई लाभांशको आस देखाएर भन्दा पनि तालिम, सीप, बजार जस्ता विषयमा सदस्यलाई सहयोग पुर्याउन थालौं । अब माछा खान होइन माछा मार्न सिकाऔ ।

६.व्यवसाय– सहकारीले थोरै नाफा कमाउँदै सदस्यहरुको जीवनमा आइपर्ने समस्याहरुको समाधान हुने सामाजिक व्यवसाय गर्नु पर्दछ ।

७. सञ्चालक ऋण– सहकारीका सञ्चालक, लेखा तथा उच्च व्यवस्थापनले संस्थाबाट ऋण नलिने व्यवस्था गरौं ।

८.ब्याजदर– ऋणको ब्याजदर सिंगल डिजिटमा ल्याउन कोसिस गरौं ।

९. एकीकरण– राम्रा राम्रा सहकारीबीच मर्जर प्रक्रिया अघि बढाउने, नराम्रो संस्थाहरुलाई सुधार योजनामा लागि राम्रो भएपछि मात्रै मर्जरमा लैजाने प्रक्रिया थालांै  ।

१०. ठूलो र राम्रो संस्था बन्ने– हुन त जति ठूलो त्यति धुलो भन्ने चलन छ । त्यसमा उच्च सतर्कता अपनाउँदै व्यावसायिक व्यवस्थापन टीम तयार गर्दै जोखिम मूल्यांकन गर्दै अघि बढियो भने कुनै पनि संस्थाहरु संकटमा पर्दैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार