मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

प्रतापपुरमा आयुर्वेद उपचार प्रभावकारी बन्दै

Ujyalosandeshonline 12338+ समाचार ( )
२५ पौष २०८०, बुधवार

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि पछिल्लो समय भन्दा अहिले आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ बिरामीहरूको आकर्षण बढ्दै गएको हो ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि नि: शुल्क उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको छ आयुर्वेदिक उपचार पद्धति जडीबुटीबाट बनेका औषधिबाट एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि सेवाग्राहीहरूको आयुर्वेद उपचारतर्फ आकर्षण बढेको आयुर्वेद औषधालयका प्रमुख दिन बन्धु मिश्राले बताउनुभयो ।

आयुर्वेदिक उपचारका लागि सबैभन्दा बढी पेटको समस्या , बाथ, छातीसम्बन्धी दम, खोकी , एलर्जी , पायल्स , उक्त रक्तचाप , मधुमेह र महिला सम्बन्धित लगायतका रोगहरूको उपचारका लागि आयुर्वेद औषधालयमा आउनेको संख्या पनि प्रशस्तै रहेको छ । बाथ, हाडजोर्नी र नसासम्बन्धी रोगमा स्नेहन र स्वेदन विधिबाट गर्ने उपचार प्रभावकारी रहेको छ।

आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालयका प्रमुख मिश्राले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार