मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुख्यमन्त्री कार्यालयद्वारा स्थानीय तहलाई ताकेता

Ujyalosandeshonline 12441+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

कर्णाली । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ । मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण भएको आर्थिक वर्ष २०८२÷८३ साउनदेखि पुस महिनासम्मको प्रतिवेदन र माघपश्चात् असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा यकिन गरेर पठाउन ताकेता गरेको हो । 

‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ मा भएको व्यवस्थाबमोजिम कार्यविधिको अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरूको आवेदन सङ्कलन तथा एकिन गरी अनुसूची २ अनुसारको ढाँचामा लाभग्रहीको विवरण पठाउन परिपत्र गरिएको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।

साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नुपर्ने र त्यसपछि यस कार्यालयबाट रकम निकासा गरिने कुराको जानकारी गराइएको शाखा अधिकृत कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार