मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

‘सामुदायिक विद्यालय अनिवार्य गरेमात्रै शिक्षामा सुधार’

Ujyalosandeshonline 12696+ समाचार ( )
२९ पौष २०८०, आइतबार

काठमाडौं । सामुदायिक विद्यालयमा सन्तान पढाउन अनिवार्य नगरेसम्म शिक्षा क्षेत्रमा सुधार सम्भव नभएको विद्यार्थी संगठन प्रतिनिधिहरुले बताएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आइतबार राखेको बैठकमा उनीहरुले विभिन्न सुझाव दिएका छन् ।  

विधेयकमाथिको छलफलका लागि समितिले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिलाई बोलाएको थियो । बैठकमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन प्रस्ताव राखे । आफूले पढाउने विद्यालयमा शिक्षकले आफ्ना छोराछोरीलाई नपढाएसम्म गुणस्तर अगाडि नबढ्ने भन्दै उनले विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन प्रस्ताव राखेका हुन् । 

अस्थायी र करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी सरकारले गरेको सम्झौताले शिक्षकहरूको गुणस्तरमाथि प्रश्न उठ्ने उनले बताए । विद्यालयमा शिक्षक नियुक्ति  खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव उनले दिए । 

उनले भने, ‘विद्यालयमा पढाउने शिक्षकको छोराछोरी नै त्यहाँ पढ्दैनन् । कसरी त्यहाँको विद्यालयको गुणस्तर अगाडि बढ्छ ? शिक्षा क्षेत्रलाई सुधार गर्ने हो भने उहाँहरु सबैको छोराछोरीलाई पनि सार्वजनिक विद्यालयमा पढाउन हामी सबैजनाले जोड दिनुपर्छ ।’ शिक्षण पेसाप्रति घट्दै गएको आकर्षणलाई कसरी बढाउने भन्नेमा पनि ध्यान दिन आवश्यक रहेको उनले औंल्याए । 

त्यस्तै एकीकृत समाजवादीनिकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विद्यार्थी आन्दोलनबाटै प्राप्त भएको गणतन्त्रदेखि प्रजातन्त्रसम्म विद्यार्थीहरूलाई ज्ञान दिन आवश्यक रहेको बताइन् । उनले विद्यार्थी आन्दोलनबाट हटाइएको राजतन्त्र, लोकतन्त्र, संघीयताबारे पढाउनका साथै विद्यार्थी आन्दोलनमा सहिद भएकाहरूको बारेमा पढाइनुपर्ने बताइन् । 

उनले भनिन्, ‘हामीले ल्याएको व्यवस्थाबारे विद्यार्थीहरूलाई पढायौ कि पढाएनौ ? विद्यार्थी आन्दोलनबाट हटाइएको राजतन्त्र, लोकतन्त्र, संघीयताबारे पढाउन जरूरी छ । विद्यार्थी आन्दोलनमा सहिद भएकाहरूको बारेमा पढाइनुपर्छ । सबैले यस व्यवस्था रहेको महत्व बुझ्नुपर्छ ।’ उनले सरकारी विद्यालयमा पनि निजी विद्यालयमा जसरी लेबल बनाएर शुल्क लुट्ने काम मात्रै भइरहेको टिप्पणी गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार