मुख्य समाचार
एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी | भन्सार छलीका समानसहित एक जना पक्राउ | भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध | रेसुंगा माविमा 'नमुना संघीय संसद': विद्यार्थीले गरे वास्तविक संसद्कै शैलीमा अभ्यास | ग्यासको अभाव छैन : निगम | मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार | नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने |

पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ

Ujyalosandeshonline 11917+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

रौतहट । व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको  छ ।

यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो । 

बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार