मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल

Ujyalosandeshonline 12611+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायत पूर्वी जिल्लाहरूमा हालै घटेका घटना र त्यसले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाप्रति पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हिंसा र मुठभेडबाट कुनै पनि समस्या वा विवादको समाधान हुन नसक्ने स्पष्ट पारिएको छ। नेपाली समाजको मुख्य शक्ति नै बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव भएको उल्लेख गर्दै रास्वपाले साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूलाई अपिल गरेको छ।

परिस्थितिलाई तत्काल सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र नागरिकको जिउधनको रक्षाका लागि नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको विज्ञप्तिमा जनाइएको छ। साथै, घटनाको निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले यस दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न अन्य राजनीतिक दलहरूसँग आग्रह गरेको छ। साथै, स्थानीयस्तरमा शान्ति र सद्भाव कायम राख्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आफ्ना पार्टीका स्थानीय समिति तथा सदस्यहरूलाई विशेष निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार