मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भगवानपुर–धकधइ सडक मर्मत र छोटी भन्सार सञ्चालन गर्न सांसद ताहिर अलीको माग

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

काठमाडौं । प्रतिनिधिसभा सदस्य ताहिर अलीले कृषि क्षेत्रका विद्यमान समस्या, जीर्ण सडक पूर्वाधार र सीमा क्षेत्रका छोटी भन्सार कार्यालयहरूको अव्यवस्थालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अलीले किसानका आधारभूत आवश्यकता पूरा गर्न र जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारको सुधारमा सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाललाई कृषिप्रधान देश भनिए पनि हालसम्म देशमा आफ्नै मल कारखाना नहुनु दुःखद भएको बताउँदै उहाँले खेतीपातीको सिजन नजिकिँदै गर्दा किसानलाई बीउबिजन र रासायनिक मलको अभाव हुन नदिन सरकार सजग रहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले वर्षेनी किसानले भोग्दै आएको मलको सास्तीलाई दिगो रूपमा समाधान गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने माग गर्नुभयो ।

सांसद अलीले विशेषगरी रुपन्देही जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाबारे चर्चा गर्दै भगवानपुरदेखि धकधइसम्मको सडकखण्ड अत्यन्तै जोखिमपूर्ण रहेको बताउनुभयो । निर्वाचनका क्रममा आफूले सो क्षेत्रको स्थलगत भ्रमण गर्दा सडकको दूरावस्थाका कारण सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको र सो खण्डमा दैनिकजसो दुर्घटनाहरू भइरहेको जानकारी गराउँदै उहाँले उक्त सडकको तत्काल मर्मत र स्तरोन्नति गर्न सरकारसँग माग गर्नुभयो ।

यसैगरी, सीमावर्ती क्षेत्रका बासिन्दाले भोग्नुपरेको प्रशासनिक र व्यावहारिक झन्झटलाई कम गर्न बन्द रहेका छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । जिल्ला भन्सार कार्यालयसम्म पुग्न सर्वसाधारणलाई निकै कठिनाइ भइरहेकाले रुपन्देहीका अमुवा र बरवा छोटी भन्सार कार्यालयहरू तत्काल स्थापना र सञ्चालनमा ल्याउन उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अलीले किसानका माग र जनचासोका यी संवेदनशील मुद्दाहरूमा सरकारले अविलम्ब कदम चाल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार