मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

प्याब्सन मायादेवीको सातौं वार्षिक साधारण सभा सम्पन्न, गुणस्तरीय शिक्षा र एकतामा जोड

Ujyalosandeshonline 11874+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवी, रुपन्देहीको सातौं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता र प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले निजी विद्यालयहरू बजारमुखी नभई सेवामुखी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले रुपन्देही जिल्लामा रहेका २६१ निजी विद्यालयमा करिब १ लाख ६२ हजार विद्यार्थी र ११ हजार बढी शिक्षक-कर्मचारी कार्यरत रहेको तथ्यांक प्रस्तुत गर्दै शिक्षाको गुणस्तर उकास्न संगठनभित्र बलियो एकता र स्थानीय सरकार तथा अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सभामा प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले आगामी वर्ष शिक्षक क्षमता अभिवृद्धि र विद्यालयहरूको पारदर्शितामा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, संस्थापक अध्यक्ष भरत गिरी र प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद भुसालले डिजिटल शिक्षा, सुशासन र स्वस्थ प्रतिस्पर्धामा जोड दिनुभएको थियो ।

साधारण सभामा सचिव बिरजु नाथ सिंहले सांगठनिक र कोषाध्यक्ष राजेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कार्यसम्पादनमा सहजताका लागि सचिव र कोषाध्यक्षलाई सम्मान गर्नुका साथै संगठनमा जोडिएका नयाँ विद्यालयहरूलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार