मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कपिलविरुद्धको उजुरी अदालतद्वारा खारेज

Ujyalosandeshonline 11768+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

मुम्बई । भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन् । उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ ।

दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कार्वाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरुले अदालतको कोठामा हुने कानूनी कार्वाहीका बारेमा अभिनय गरेका थिए । यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए ।

यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्धा दर्ताको माग गर्दै उजुरी दिएका थिए । उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो ।

उजुरीमा कपिलको शोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो । उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको र यही तर्कका आधारमा कपिलविरुद्ध धारा ३५६÷३का अनुसार एफआईआर दर्ताको माग गरिएको थियो ।

यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ । अदालतका अधिवक्त सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार