मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको  जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल  बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सुचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट  पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो।अबैध हतियार, लागुऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए । नेपाल भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै