मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल

Ujyalosandeshonline 12679+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं । सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन्  । सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी  संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज भनेको प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण त्यो  महत्वपूर्ण  कुरा हो । प्रत्येक व्यक्तिको  एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुन आवश्यक छ । यसको  देशभरी जग्गा कति ठाउँमा छ ?  कुनकुन कम्पनि कहाँ –कहाँ दर्ता गरेको छ ? कुन कुन संस्था दर्ता गर्यो ? त्यो  संस्थामा उसले कति–कति कर तिर्यो र त्यो  कर कानून सम्मत छ की छैन भन्ने कुराको एकीकृत डाटा प्रणालिमा पुर्याउनुपर्ने छ ।’

यसैगरी उनले धेरैजसो सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या आएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कतिपय कामहरु समयमा हुन नसकेको बताए ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको सन्र्दभमा हामीहरुले केही सुधारात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ । तर कहिँलेकाहीँ सरकार अस्थिर हुँदा पोलिसिमा समस्या हुने नै भयो । यसरी सरकार अस्थिर हुँदा कतिपय कामहरु समयमा हुन सकेनन् । समयमा कामहरु नहुँदाखेरी कतिपयलाई यसमा समस्या उत्पन्न भैइरहेको  थियो । गएको  वर्ष  हामीले ऐन जारी गर्यौ चैतमा । चैतमा ऐन जारी भैइसके पछाडि जुन रफ्तारमा नियमावली बनाउनुपथ्र्यों त्यो बन्न सकेन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार