मुख्य समाचार
नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह | भैरहवामा २४ लाख मूल्य बराबरका ३८ थान अवैध आईफोनसहित स्कुटर नियन्त्रणमा | वाह प्रतापपुर ! गाउँपालिकाले नै तिर्दिने भयो जनताको बिजुली बिल र उद्योगको कर | लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन् | डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी | पेस्तोल र गोलीसहित दुई युवक पक्राउ | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम | ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य |

मुजहना–केवटलिया सडक विस्तार सुरु: सडक मिचेर बनाइएका संरचनामा चल्यो डोजर

Ujyalosandeshonline 11652+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

भैरहवा । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ मा सडक फराकिलो बनाउने अभियान अन्तर्गत सडक मिचेर निर्माण गरिएका घर टहरा हटाउन सुरु गरिएको छ। वडा अध्यक्ष ईनामुल्लाह फकीरको प्रत्यक्ष उपस्थिति र नेतृत्वमा मुजहना चोकदेखि केवटलिया जाने सडक खण्डमा रहेका अवरोधहरू हटाइएको हो।

लामो समयदेखि सडक सीमा (राइट अफ वे) भित्र रहेका भौतिक संरचनाका कारण सडक विस्तार र स्तरोन्नतिको काम अगाडि बढ्न सकेको थिएन। बिहीबार वडा कार्यालयले जे.सी.बी. प्रयोग गरी सडक पेटीमा रहेका टहरा र अवैध संरचनाहरू भत्काएसँगै सडक निर्माणको बाटो खुलेको छ।

वडाको चौतर्फी विकास र यातायात सहज बनाउन सडक विस्तारलाई प्राथमिकतामा राखिएको वडा अध्यक्ष फकीरले बताउनुभयो। "सडक साझा सम्पत्ति हो, यसलाई मिचेर संरचना बनाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै विकासमा अवरोध पुगेको थियो," अध्यक्ष फकीरले भन्नुभयो, "वडावासीको हितका लागि हामीले यो कदम चालेका हौं र अब सडक निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाइनेछ।"

सडक क्षेत्र खाली गराउने अभियानमा स्थानीय बासिन्दाहरूले समेत समर्थन जनाएका छन्। मुजहना–केवटलिया सडक खण्ड वडाको महत्वपूर्ण मार्ग मानिन्छ। सडक फराकिलो भएपछि यस क्षेत्रको व्यापारिक गतिविधि र आवतजावतमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

वडा कार्यालयका अनुसार अवरोध हटाइएका ठाउँमा तत्कालै सडकको नाला व्यवस्थापन गरिनेछ। यस्तै सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु गरिनेछ । वडा कार्यालयले विकास निर्माणका कार्यमा अवरोध नगर्न र सडक सीमा पालना गरेर वडालाई नमुना बनाउन सबैमा अपिल समेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार