मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपालीको हितको रक्षा मुख्य प्राथमिकता : परराष्ट्रमन्त्री श्रेष्ठ

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनको दलीय समीकरण फेरिएसँगै गृहमन्त्रालय छाडेर परराष्ट्रको जिम्मेवारीमा आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार शपथ ग्रहणपछि पदभार सम्हाल्दै उनले विदेशमा रहेका नेपालीहरुको हितका रक्षा गर्ने कुरालाई आफ्नो महत्वपूर्ण कार्यभारको अंग बनाउने प्रतिबद्धता जनाए । 

उनले भने,‘हाम्रा नेपालीहरु जो वैदेशिक रोजगारमा छन् । वैदेशिक रोजगारमा रहेका सबै नेपालीको हितको रक्षा गर्ने कुरालाई हामीले आफ्नो कार्यभारको एउटा अभिन्न महत्वपूर्ण अंग बनाउनेछौ ं।’

उनले पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवर्धन गर्नु रहेको भन्दै त्यसमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले भने,‘मेरो पहिलो देशको लागि पहिलो प्राथमिकताको विषय देशको राष्ट्रिय सार्वभौमिकता, भौतिक अखण्डता, स्वाधीनताको रक्षा र प्रवद्र्धन गर्नु हो । हरेक देशका नागरिकको पनि यो जिम्मेवारी हो । तर, मूलतः यसमा सरकारले भूमिका खेल्नुपर्ने हुन्छ ।’ 

छिमेकी राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै जाने पनि उनको प्रतिबद्धता छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार