मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

अन्तरविद्यालय टी–२० क्रिकेट : न्यु होराइजन र रूपन्देही लीलाराम फाइनलमा

Ujyalosandeshonline 12547+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन स्कुल र रूपन्देही लीलाराम न्यौपाने मावि फाइनल पुगेका छन् । सोमबार भएको सेमिफाइनलमा न्यु होराइजनले लुम्बिनी शिक्षा निकेतनलाई ७ विकेट र लीलारामले होराइजन जीबीएसलाई ८ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेका हुन् । यी दुई टीमबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनी शिक्षा निकेतनले ४ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि अलिउद्दिन खानले ४६, जाभेद खानले ३४ र आसिफ खानले नटआउट १४ रन जोडे । बलिङमा न्यु होराइजनका प्रिन्स पाल, अनिश भट्टराई र रिजन बुढाथोकीले १–१ विकेट लिए ।

जवाफमा न्यु होराइजनले १४ ओभरमा ३ विकेट गुमाई १ सय १८ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा प्रिन्स पालले नटआउट ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, अब्राहम अलीले अविजित २४ र सफल भट्टराईले १९ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका बासुदेव यादवले २ र सफिउल्लाह खानले १ विकेट लिए । प्रिन्स पाल प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ८० रनको झिनो योगफल खडा गर्याे । उसका लागि प्रसन पोखरेलले २२ र सुनिल लोधले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लीलारामका फैजन खान, प्रेमसागर यादव र विक्की मल्लाहले २–२ तथा कृष्णमोहन कुर्मीले १ विकेट लिए ।

प्रतिउत्तरमा लीलारामले १२ ओभर ५ बलमा २ विकेटको क्षतिमा ८१ रन बनाई सहजै जित दर्ज गर्याे । उसको जितमा लक्की यादवले अविजित ३६ र आयन खानले नटआउट २३ रनको योगदान गरे । बलिङमा होराइजन जीबीएसका शिवप्रसाद यादव र सहज अर्यालले १–१ विकेट लिए । प्रेमसागर यादव प्लेयर अफ द म्याच भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको प्रतियोगितामा रूपन्देहीका ३० वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार