मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

Ujyalosandeshonline 11003+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवसथापन सम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले तीन तहको सरकार फरक भएपनि अधिकार एउटै भएको भन्दै यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय भएको बताए । 

उनले भने, ‘तीन वटा तहमा सरकारलाई विभाजित गरिएको छ । संघ, प्रदेश र स्थानिय तह, यही सरकारहरुको कार्यकारी अधिकारको विषयमा भाव, शब्द केहीमा पनि फरक छैन । प्रधानमन्त्रीको अधिकार उल्लेख गर्दा, जुन अधिकार र भावका साथ संविधानमा उल्लेख गरिएको छ, देशभरिका लागि प्रदेशभित्रका मुख्यमन्त्रीहरुको लागि पनि त्यही कार्यकारी अधिकारहरु उल्लेख गरिएको छ । यसको साथै, स्थानिय सरकारमा नगर प्रमुख अथवा गाँउपालिका अध्यक्षका लागि पनि समान अधिकारको व्यवस्था गरिएको छ । यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारीता र समन्वय हो । त्यसकारण हामी एकअर्कासँग जोडिएर नै काम गर्नुपर्छ ।’

यसको साथै, उनले  शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौतीपूर्ण नभएको भन्दै यसमा निरन्तर काम गर्नुपर्ने बताए । उनले भने, ‘शान्ति सुरक्षाको अवस्था धेरै ठूलो चुनौती छैन् । सामान्य घटनाहरु भईरहेका हुन्छन् । त्यसलाई राज्य र सरकारले आफ्नो तरिकाले व्यवस्थापन गरिरहेको अवस्था छ । अपराधको सम्बन्धमा मूलत एउटा परम्परागत अपराध सबै ठाँउमा घटेको छ । यो भनेको समाजको उत्पादनदेखि अन्त्यसम्म चल्ने कुरा हो । त्यसको लागि निरन्तर काम गर्नुपर्ने नै छ ।’

यसको साथै, उनले वर्तमान समयमा  लागूऔषध, आत्महत्या र सडक दुर्घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले साइबर अपराध पनि बढेको हुदाँ कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी रहेको पनि बताए । 

उनले भने, ‘अहिले समाजमा अरु केही कुरा चुनौतीको रुपमा देखा परेको छ । त्यसमध्य एउटा लागू औषध यसको अवस्था खतरनाक तरिकाले बढेको छ । यो देशभर फैलिएको छ । अझै आत्महत्याको कुरा पनि बढेको छ र अर्को सडक दुर्घटना यो तीन वटा कुराहरु चुनौतीपूर्ण तरिकाले देखा परेको छ । यसलाई नियन्त्रण गर्न हामीले काम गर्न जरुरी छ । साइबर अपराध पनि बढेको अवस्था छ । यसको लागि पनि हामीले कुनै खालको सम्झौता नगरि निर्मम तरिकाले प्रस्तुत हुन जरुरी छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार