मुख्य समाचार
परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल |

धनगढी उपमहानगर प्रमुख हमाल टुँडीखेलको सिप मेलामा

Ujyalosandeshonline 2605+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बुधबार काठमाडौंको टुँडिखेलमा जारी सिप मेला २०८१ को अवलोकन गरेका छन् । 

मेलामा विभिन्न विधाका पेसासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, सिकाइने विषय, यसका अपेक्षित उपलब्धिबारे उनले जानकारी लिएका छन् । 

उनलाई मेला अवलोकनका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गरेका थिए । मेला काठमाडौं महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । 

२०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब टे«निङसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो । 

अवलोकनपछि हमालले भने, ‘यो ठूलो कार्यक्रम हो । यसले युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना महत्वपूर्ण छ ।’रोजगार संयोजक देवेन्द्र केसीका अनुसार काठमाडौंको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिएका छन् । 

मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालनमा छ । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । फास्टफुड एण्ड कुकिङ र बेकरीका कक्षाहरु ४÷४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३÷३ घण्टा हुन्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार