मुख्य समाचार
महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट | वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान | ओमानसँग नेपाल ए टोली पराजित | मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर | गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने | गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल |

धनगढी उपमहानगर प्रमुख हमाल टुँडीखेलको सिप मेलामा

Ujyalosandeshonline 11046+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बुधबार काठमाडौंको टुँडिखेलमा जारी सिप मेला २०८१ को अवलोकन गरेका छन् । 

मेलामा विभिन्न विधाका पेसासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, सिकाइने विषय, यसका अपेक्षित उपलब्धिबारे उनले जानकारी लिएका छन् । 

उनलाई मेला अवलोकनका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गरेका थिए । मेला काठमाडौं महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । 

२०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब टे«निङसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो । 

अवलोकनपछि हमालले भने, ‘यो ठूलो कार्यक्रम हो । यसले युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना महत्वपूर्ण छ ।’रोजगार संयोजक देवेन्द्र केसीका अनुसार काठमाडौंको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिएका छन् । 

मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालनमा छ । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । फास्टफुड एण्ड कुकिङ र बेकरीका कक्षाहरु ४÷४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३÷३ घण्टा हुन्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार