मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |
मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |


लामो समय कुर्सीमा बसेर कामगर्दा हाडजोर्नीका समस्याहरु देखापर्छन् : डा.बस्याल

Ujyalosandeshonline 11514+ समाचार ( )
डा.सन्तोस बस्याल अर्थोपेडिक तथा स्पाइन सर्जन
११ वैशाख २०८२, बिहीबार

हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धिविभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनिविभिन्न कारणहरु छन् ।युवा,बृद्ध र बालबालिकाहरुमा  छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिकजीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन्  । जंकफुट बढि खानेहरुकालागिहाडजोर्नीका सोहीकिसिमका समस्याहरु आउँछन् । अरु पनि कारणहरु हुन्छन् । कुनै किसिमको संक्रमण, चोटपटकले पनि समस्याहरु निम्त्याउँछ ।

मुख्यकुरा हामीले पोस्सस्मा लामो समय बसेका छौ भने मेरुदण्डलाई सिधा राखेको छौ कि छैन वाहामी धेरै झुकेर काम गरिरहेका छौ भनेपनि घाटीमा दुखाई हुनसक्छ । धेरै तलमाथि हिंड्दापनि समस्या आउन सक्छ । यस्ता समस्याबाट बच्न धेरै समेत सचेत हुनुपर्छ । गलतबसाई, गलत खाना पानमा सचेत हुनुपर्छ । कतिखानाचाहिने हो भनेर अर्थोपेडिकसँग सल्लाह गर्न सकिन्छ । लामो समय निहुँरिएर बाइक चलाउँदा ढाडमा समस्या आउन सक्छ । त्यसलाई कम गर्नपर्छ । खानपिनमा उमेर अनुसार कतिक्यालोरी सोहीअनुसार खानुपर्छ । 

युवालाई १५०० देखि २५०० सम्म क्यालोरी चाइन्छ । महिलावागर्भवतीकालागिफरक हुन्छ । कतिक्यालोरी चाइन्छ भनेर छुट्टाएपछि कार्बोहाइड्रेट र सुगरलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ । प्रोटिन, कार्बोहाइड्रेट, मिनरल्स, माइक्रो मिनरल्सहरु खाना रखाजामामिलाउन सके राम्रो हुन्छ । जङफुडलामो समय स्टोर भएकाले कार्बोनेट पेयप्रदार्थहरुलाई बेवास्थागर्नुपर्छ । हामीप्रकृतिबाट टाढा हुदैछौं, जनावरहरु प्रकृतिसँगै छन् ।

हामी छुट्टै बसेका छौ प्रकृतिबाट बाहिर भएको कारणले पनिप्रकृतिसँग समय बिताउनुपर्छ । हिड्ने, शारीरिकव्ययाम गर्ने, पौडिने गर्नुपर्छ ।रुटिन बनाएर यि अभ्यासहरु गर्नुपर्छ । यसो गर्दा हाम्रो शरीर प्राकृतिकरुपमाजाने र सन्तुलनमा रहने गर्छ । दैनिक ८ घण्टा कुर्सीमा बसेर कामगर्दा प्रत्येक एक घण्टा उठेर पाँचमिनेट कार्यलयमै घुमेर बस्न सकिन्छ । लामो समय एउटै कुर्सीमाकामगरियो भने पहिला कुर्सी लाई मोडिफाइ गर्नुपर्छ । बसाईलाई व्यवस्थापनगर्नसक्नुपर्छ । कुर्सी परिवर्तन गर्न सकिएनभने पिल्लोहरुको प्रयोग गर्नुपर्छ । कम्युटरमा कामगर्दा घाँटी तल झुक्यो भने टेबुलमाथि गरेर काम गर्न सकिन्छ ।

वास्तवमाकुनै न कुनै तत्वको कमीको कारणले हड्डी खिइने हुन्छ । भिटामिन ‘डि’ थ्री, भिटामिन ‘ई’ क्याल्सियस,मिनरल्सहरु शरीरमा कमभयो भने समस्या हुन्छ ।प्रत्येकदिन घामको आवश्यकता हुन्छ । त्यसैले घरहरु घाम नलाग्ने ठाउँमा वाकाममाव्यस्तभएको भएपनि समय मिलाएर घाममा बस्नुपर्छ । घाम एक्सपोज भइसके पछाडि सर्टेनथिङ्गसहरु हाम्रो शरीरमा जेनरेट हुन्छ । यो पार्टहरु हामीले  मिनिमाइज गरेका छैन भने र्यालपदार्थ कमहुँदै जान्छ ।

त्यसपछि चाँहीप्रत्येक सरफेसमा डिजनेसन हुँदै क्यान्टिलेजहरु खिइँदै गएर हामीलाई दुख्न जान्छ । तर त्यसलाई हामीले रि जेनरेट गर्ने मेकानिकलपावर पनि हुन्छ जसमाअलरेडि नै डिजिड भैइसकेको छ भने पनिहामीसँगएनआइएचएसमाहाम्रो रि जेनरेटिभ उपचार सुरु गरेका छौं । त्यसलाई  प्लाजमा पिआरपि ट्रीटमेंट भन्छौं । त्यसमाआफ्नो रगतनिकालेर फेरी रि जेनरेट गरेर स्पेसिभ पार्टमा हाल्दाखेरी क्यान्टिलेजहरु ड्यामिज स्टेकचर रि जेनरेट हुन सक्छ । हड्डिको समस्याहरु त जन्मिदा नै हुन्छ धेरैलाई । किनभने कुनै बच्चाजन्मिदा खुट्टाहरुबाङ्गो भएर पनिजन्मिएका हुन्छन् । ब्रेनमा अक्सिजन हरु नपुगेर हड्डिको समस्याहुन्छ । त्यसको सर्जिकलट्रीटमेंट हुन्छ । नन सर्जिकल ट्रीटमेंट पनि हुन्छ ।

यौन उमेरमा धेरै तनाव हुन्छ । सबै कुराहरु चिप गर्नुपर्ने हुन्छ । गुड फूड र स्लिपपनिभएनभने यौन उमेरमा धेरै पेनहरु हुने गर्दछ । त्यसबाट बनोलाइफिट भएको पाइन्छ । बच्चाको लागिपनि एउटै खाना र अरु ठूलो उमेर समूहको लागिपनि एउटै खानाहुँदापनिबनोलाइफिटको समस्या देखिन्छ । फरक खानाहरु घरमा एज गु्रपको लागिबनायौंभनेसमस्याबाट मुक्त हुन्छौं ।

प्यारालाइसिसहुने धेरै कारणहरु छन् ।जसमा धेरै ट्राफिक दुर्घटनामा परेर पनिप्यारालाइसिसहुने गरेको छ । प्यारालाइसिसभइसकेपछि देखाउनुभयो भने लामो समयको फिजियोथेरापिको सहायताले विस्तारैप्रोगेसिभभएको देखेका छौं । 

सरकारले हड्डिको रोगहरु भएकामानिसहरुको संख्या राख्यो भने ७० देखी ८० प्रतिशत मान्छेहरु हड्डि दुख्नेबाटै समस्यामा छन् । हड्डिमा समस्या देखियो भने डाइटमा मोटिफाई गर्ने गर्नुपर्छ । आफ्नो तौल बढी छ भने घटाउने र यसको लागिफिजियोथेरापी डाक्टरको सहायतालिनु पर्दछ ।  धेरै नै हड्डि दुख्ने छ भने सर्जिकल र ननसर्जिकलउपचार हुन सक्छ । यसमा धेरै एक्ससाइज गर्नुपर्ने हुन्छ । डाक्टरलेएक्स साइजहरु सिकाएको हुन्छ त्यसलाई फलो गरेर प्रत्येक दिन गर्नुपर्ने हुन्छ ।  त्यसरी नै हामीले ट्रीटमेंटलाई क्याटगोरी वाइज गर्न सकिन्छ ।

कुनै  दुर्घटना भएर हड्डि नै टुक्रियोभने के मा फ्याक्चर भयो त्यो ट्रमा सिरिजमार्फत एक्सरे गरेर पूरै हेर्नुपर्छ । यदी डिसप्ले छैन भने प्लास्टर गरेर ट्रीटमेंट गर्न सकिन्छ । कुनै चाँही डिसप्लेस भैइसकेको छ भने त्यसलाई हामीले अपरेटिभ नगरीकन हड्डिलाई तानेर आफ्नो ठाउँमा समेत ल्याउन सकिन्छ ।

 हड्डि काटेर मात्रै मिल्ने पनि हुन्छ त्यस्तो अवस्थामा मसलसहरु आएर बसिदिएको हुन्छ त्यसमाहामीले छुट्याउनुपर्ने हुन्छ । त्यस्तोबेलाप्लेटहरु र वायरहरु पनि हुन्छ ।त्यहिप्रयोग गरी ट्रीटमेंट गर्ने गर्छौं । हातमा छ भने वायरको टुप्पो बाहिर नै हुन्छ ।सर्जरीको रुपमालानु नपर्न नि सक्छ ।त्यसलाई माइनरओटीमै निकाल्न सकिन्छ । यदि सानो हड्डि हो भने ईन्फेकसनभएको छ भने अलिकतिपानी र रगतआइराख्यो भने त्यसले हड्डिलाई डिस्ट्रे गरिराखेको हुन्छ ।यस्तो हुँदा हड्डिको ब्लड हुने क्यापासिटी हुन्छ त्यो बाहिर गएको हुन्छ ।त्यस्तोअवस्थामा पुरै कामनगरेको अवस्था हुन्छ । होल्डबडी चेकअपमा हड्डि पर्दैन । हड्डि नदुख्दासम्म बिरामी नै आउनु हुन्न । 

रगतबाट पनिकेही डिजिजहरु छन् । जस्तो आर्थराइटिजहरु हुन्छ । त्यसमापनि धेरैवटा वोनहरुमाहाजोर्निहरुमा समस्याहुन सक्छन् । त्यसैले हामीले ब्लड पारामिटरहरु हेर्ने र रोक्न सक्छौं । खासगरी भिटामिन डि क्याल्सियमहरु धेरै कमभएको देखिन्छ । त्यसलाई मात्रहामीले ख्याल राख्यौं समस्याहरुको रोकथाम गर्न सक्छौं । चेतनामुलककार्यक्रमहरु, भिडियोहरु, पहलयुक्त संगठनहरु इन्फेक्सनहरुमाकाम गरेको छ । बच्चामाकाम गरेको छ । र वोनमाकाम गर्ने संस्था संगठन कम नै भेटिन्छ । एनजिओ, आइएनजिओहरु सायद वोनमामसल्सहरुमाकाम गर्ने संस्था नेपालमाकम नै छैन् । 

अन्य कुराहरु क्यानसरहरु जस्तै धेरैमा त भएको छ वोनमाभएको छैन् । वोनहरु जोइन राम्रो भएनभने केहीपनिकामहरु हामीले गर्न सकिँदैन् । त्यसैले पनित्यो एकदमै महत्वपूर्ण अंगहो । अब सायद धेरै वटा संगठनहरुले यो क्षेत्रमापनिकाम गर्नुपर्छ कि भन्ने मैले देखेको छु । 

अहिले विश्वमा धेरै वटा यस्तो संस्थाहरु पनि छन् । स्कोलियोसिससोसाइटी भनेर पनि छन् । नेपालमापनि स्कोलियोसिस जागरुकतादिनभनेर प्रत्येक वर्ष पनि मनाउँछौं । जन्मजात रुपमा नै यसको कारणहरु अहिलेसम्म पत्ता लागेकामा चाँही इन्डोपेटिक कारण नै भन्छौं । विस्तारै बढ्दै गइसकेपछि अनिकुनै खेलहरु खेल्न गएपछि विस्तारै एङगलहरु परिवर्तन भएको पाइन्छ तर शारीरिक रुपमाबाहिर हेर्दा देखिँर्दैन् । बच्चाले मलाई दुख्यो भनेपछि एक्सरे गरेपछि बाङगेको देखिन्छ । यसमा केही सुत्रहरु छ ।विरामीलाई धेरै दुखाई छ ।

एङगलहरु ४५ भन्दा बढि नै छ ।उसको पोजेज साधारण देखिदैन् । अलिकुप्रेको देखिन्छ । अरु नर्मल बच्चाबच्चीभन्दा फरक देखिन्छ । एउटा स्वास्थ्यअवस्थाअर्को शारीरिक रुप जसलाई पनि राम्रो देखिन मन हुन्छ।  त्यसैले यदी ४५ डिग्रिभन्दा बढि छ भने त्यसको उपचार पनि हुन्छ । त्यसको लागि केही समय पर्खनुपर्छ । किशोर अवस्थापार गरेपछि अथवाकिशोर अवस्थाको बीचमाहामीले सर्जरी गरेर पनि ठिक गर्न सकिन्छ । 

एनआईएचएसमा पनि हामीले खासगरी निवारक रुपमा नै काम गरिरहेको छौं । कुनै हाडजोर्नीको असाधारण अवस्थामालिएर आउनुभयो भने आफ्नै रगतनिकालेर रगतबाट औषधिबनाएर दिन्छौं । त्यसको केहीफर्मुलाहरु हुन्छ ,त्यो गरिसकेपछि कुनै टिस्यूजहरु ड्यामेज भएको छ भने पुनःउत्पन्न गर्न सहयोग पुर्याउछ । त्यो सँग मेडिकेसन पनि हुन्छ । भिडामिन डि थ्रिजहरु हुन्छ ।त्यो सँगसँगै प्रयोग गराइन्छ । जसमा सर्जरीमाजानुपरेन । हामीले अल्ट्रासाउन्ड मार्फत हेरेर हामीले उपचार गर्न सक्छौं । त्यो गर्यो भने,अझलामो समय स्वस्थ रहन सकिन्छ । हड्डी मेरुदण्ड स्वास्थ्यभनेको एकदमै महत्वपूर्ण हुन्छ । पहिलाको बुढाबुढिहरुको खानपिन हेर्ने हो भने ,पूरै फरक पाईन्छ हाम्रो जस्तो फुडहरु हुँदैन् । प्रोटियुक्त खानाखाएर मेनटेन गरेको हुन्छन् ।

विशेषगरी वोन हेल्थको लागिविशेष शिक्षा,तनाबहरु,सुताईहरु सबैमा अध्ययन गरेर जसले यो क्षेत्रमा काम गर्छन् । उनीहरुसँगै बसेर सहकार्य गरेर प्रोटोकलबनायौं भने पक्कै पनिहाम्रो देशमा जति पनि समस्या छ । समाधानपनि गर्न सक्छौं । रोकथामपनि गर्न सक्छौं । हाम्रो नेपालमा अनुसन्धानको कामचाँही धेरै कम हुन्छ । धेरै देशहरुमागएर पढे मैले सबैभन्दापहिला अनुसन्धान नै हुन्छ । डाटा वेसमा हुन्छ । यदीहामीले गरेको सबै काम डाटा वेसमा राख्न सक्यो भने अनुसन्धान हुन्छ । अनुसन्धान ले भावि पुस्ताको लागिहाम्रो औषधि के हो ?रोकथाम के हो ?भन्ने कुरामा सहज गराउन सक्छौं ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार