मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

योगबाट तनाबमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 12320+ समाचार ( )
८ असार २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरे । 

‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुन्छ । यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने,  आन्तरिक उर्जा प्राप्त  हुने र आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डो¥याउँछ । योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पु¥याउँछ भन्ने मलाई लाग्दछ ।’

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्ने भन्दै राष्ट्रपति पौडेलले भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थाबारे चिन्ता समेत व्यक्त गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार