मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

Ujyalosandeshonline 12455+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

सिद्धार्थनगर (भैरहवा)। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १४ हजार १११ जनालाई राहदानी वितरण गरेको छ । सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ ।

 प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न प्रयोजनका लागि विदेश जाने नागरिकको सङ्ख्या बढ्दै जाँदा राहदानी सेवाको मागमा उल्लेख्य वृद्धि भएको बताउनुभयो । उहाँले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन कार्यालयले आवश्यक व्यवस्थापन गरेसँगै सेवाग्राहीबाट गुनासो आउनेक्रम रोकिएको जानकारी दिनुभयो ।

 सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले रूपन्देहीमा राहदानी बनाउने दर लुम्बिनी प्रदेशकै उच्च रहेको बताउनुभयो । उहाँले खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रोजगारीका लागि जाने युवाको सङ्ख्या बढी रहेका अवस्थामा तुलनात्मक रुपमा धेरै जनसङ्ख्या भएको रुपन्देहीमा राहदानीको माग बढेको स्पष्ट गर्नुभयो ।  उहाँले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताउनुभयो ।   

 यसैगरी, रपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले राहदानीसँग सम्बन्धित सेवाग्राहीको चापलाई दृष्टिगत गरी अनलाइन आवेदन, बायोमेट्रिक विवरण सङ्कलन तथा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित बनाइएकाले सेवाप्रति गुनासो नरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार