मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !

Ujyalosandeshonline 11844+ समाचार ( )
८ असार २०८२, आइतबार

जनकपुर । धनुषाको सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् । दुई वर्ष अघि ११ हजार भोल्टेजमा झुण्डिएको सुविसु इन्टरनेटकोे तारमा टाँस्सिएर अकालमै ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्यायको गुहार लगाउँदै भौतारिरहेकी छन् ।

०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको आफ्नै हार्डवेयर पसल बन्द गरी साँझ घर फर्किरहेका थिए । घर नजिकै सडकमा अलपत्र झुण्डिरहेको इन्टरनेटको तार साहको शरीरमा छुने वित्तिकै उनको तत्कालै मृत्यु भयो । 

पीडित परिवारका अुनसार घटनास्थलमा करेन्ट प्रवाह भइरहेको ११ हजार भोल्टेजको तार सुविसु इन्टरनेट कम्पनीको रहेको पुष्टि भए पनि, अहिलेसम्म न त कुनै छानबिन अघि बढाइएको छ, न क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मनिता साहले भनिन्, ‘मेरो पति, मेरो दुई सन्तान (१० र ८ वर्ष) र मेरा सासु–ससुराको आश्रय थिए । उहाँको मृत्युले हाम्रो जीवन नै संकटमा परेको छ । दुई वर्षदेखि इलाका प्रहरी कार्यालयदेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्म धाइरहेकी छु, तर न्याय आश्वासनमै सीमित छ ।’

उनका अनुसार, सुविसु इन्टरनेट कम्पनीको लापरवाहीकै कारण तार झुण्डिरहँदा पनि समयमै मर्मत नगरेकाले दुर्घटना भएको हो । ‘यदि तार बाँधिएको हुन्थ्यो भने आज मेरो पति जीवित हुन्थे,‘ उनको गुनासो थियो ।

मृतकका पिता मुंजेश्वर साहका अनुसार, घटना भएपछि स्थानीय टोलबासी र व्यवसायीहरूले संयुक्तरूपमा प्रशासनलाई दवाब दिएका थिए । जनकपुरधामसम्म आएर आन्दोलन पनि गरेका थिए । ‘तर दुःखको कुरा, प्रहरी प्रशासनले फाइल दर्ता त ग¥यो तर आजको दिनसम्म कुनै निष्कर्ष निकाल्न सकेन,’ उनले भने ।

उनका अनुसार, सवैला इलाका प्रहरी कार्यालयमा तीनजना इन्सपेक्टर परिवर्तन भइसकेका छन्, तर कोही पनि मुद्दालाई निष्कर्षमा पु¥याउने प्रयासमा लागेनन् । मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’

इलाका प्रहरी कार्यालय सबैलाले सुविसुका प्रतिनिधिलाई सोधपुछका लागि बोलाएका थिए । सुविसुले इन्टरनेटको तार (फाइबर)मा कुनै विद्युत प्रवाह नहुने बताए । कुनै ठूलो सवारी साधनको लापरबाहीले उक्त तार टुटेको हुनसक्ने सुविसुले जनाएको छ । इलाका प्रहरी कार्यालय सबैलाले थप अनुसन्धान भइरहेको र चाँडै कुनै निष्कर्षमा पुगी पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार