मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

नेपालमै उत्पादन भएको हुन्डाई भेन्यू साढे चार लाख मात्र सस्तो !

Ujyalosandeshonline 12537+ समाचार ( )
३ असार २०८१, आइतबार

काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरु भएपनि मूल्यमा अपेक्षित सस्तो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यूको बिक्री सुरु गरेको भएपनि मूल्य उपभोक्ताले सोचे अनुरुप सस्तो छैन ।

कम्पनीले नेपालमै एसेम्बल भएको भेन्यूको मूल्य तोकेसँगै औपचारिक रुपमा बिक्री सुरु गरेको हो । तर मूल्यमा धेरै भिन्नता देखिएको छैन ।

नेपालमै बनेको हुन्डाईको मूल्य साढे चार लाख रुपैयाँ मात्र सस्तो छ  । कम्पनीले नेपालमा उत्पादन भएको भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यसअघि यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ थियो । नेपालमा बनेसँगै यस गाडीको मूल्य ८.१६ प्रतिशतले सस्तो भएको हो ।

कम्पनीले भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ । यसअघि ५७ लाख ९६ हजार रुपैयाँ थियो । कतिपय उपभोक्ता नेपालमै बनेको भेन्यूको मूल्य १० लाख माथि सस्तो पर्ने अनुमान गरेका थिए ।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा उत्पादन गरेको हुन्डाई भेन्यूको बनावट, गुणस्तर, पर्फमेन्स, फिचर्सहरू कोरिया र भारतमा बनाउने गाडी सरह नै रहेको कम्पनीको दाबी छ ।

हुन्डाई स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, विद्युतको खपत बढाउनुका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्रै थप अरु भेरिएन्टहरूको उत्पादन बढाउँदै जाने कम्पनीको योजना रहेको ।

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ । उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ । तामझामका साथ उदघाटन गरिएको प्लान्टबाट उत्पादित कारहरुको मूल्य अपेक्षित सस्तो नभएको हेटौंडाका पवेन्द्र आचार्यको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार