मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

पञ्चकोट महायज्ञमा एनआरएनए अभियन्ताबाट १४ लाख बढी सहयोग

Ujyalosandeshonline 12444+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ मा गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके)शर्मा समूहले १४ लाख बढी सहयोग गरेको छ ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले धार्मिक अनुष्ठानमार्फत बाग्लुङको सर्वाङ्गिन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । यसैगरी एनआरएनए अध्यक्ष आरके शर्माले पवित्र धार्मिक भूमी पञ्चकोटको अनुष्ठानमा सहयोग गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै बाग्लुङको विकासमा आफू जोडिन सधैं तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

उपाध्यक्ष गंगाधर गौतमले धार्मिक अनुष्ठानमार्फत सबैलाई एकताको सुत्रमा बाध्न मद्दत पुग्ने बताउँदै थप सहयोग गर्नका लागि एनआरएनएले सबैलाई अपिल गरेको पनि जानकारी गराए । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा फागुन ९ देखि महायज्ञ सुरु भएको हो ।

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको महायज्ञको दर्शनका लागि शर्मा समूह शुक्रबार बाग्लुङ पुगेको थियो । महायज्ञमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख १ रुपैयाँ, समूहका अध्यक्ष आरके शर्माले ३ लाख १ रुपैयाँ, एनआरएनए बेल्जियम सभापति सिता सापकोटाले ३ लाख १ रुपैयाँ महायज्ञमा सहयोग गरेका छन् ।

त्यसैगरी निवर्तमान अध्यक्ष रविना थापा उपाध्यक्ष गंगाधर गौतम, युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारी र जनसम्पर्क समिति नेदरल्याण्ड्सका सभापति शालिकराम गौतमले जनही ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।

यसैगरी एनआरएनए पूर्व आइसीसी सदस्य गंगा शर्माले २५ हजार ५ सय ५५ र जनसम्पर्क समति युएईका सभापति भवानी तिमिल्सिनाले १५ हजार १ रुपैयाँ सहयोग गरेका हुन् । काठमाडौंबाट पुगेको एनआरएको समूहले कुल १४ लाख १८ हजार ३ सय ३४ रुपैयाँ सहयोग गरेको युरोप संयोजक सापकोटाले जानकारी दिए । उनले अझैं पनि एनआरएनएका तर्फबाट सहयोगका लागि सबै ठाउँमा अपिल गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार