मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |

मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण

Ujyalosandeshonline 11913+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम स्थितमधेश भवन परिसरमै रहेको मधेश प्रदेश प्रहरी गणको मंगलवार अनुगमन गर्नुभएको छ । जनकपुरधाम स्थित निधी भवनमा रहेको प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरु मधेश भवनन परिसरमा रहेको पुरानो र जोखिमपूर्ण गोदाम सहित भवनहरुको सरसफाइ संगै मर्मत गरि अहिले प्रयोगमा ल्याउँदै गण कार्यालय र प्रहरीको वस्ने व्यवस्थापन मिलाएका छन् । यद्धपी उक्त स्थानमाप्रहरी कर्मचारीहरुलाई सुत्नका लागि समस्या रहेको छ । प्रहरी कर्मचारीहरु बस्ने भवनमा अत्यधिक गर्मी रहेको र पंखाको समेत प्रयाप्त व्यवस्था छैन ।

खानेपानीको समेत समस्या रहेको प्रहरी अधिकृतहरुले मुख्यमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो  । जनताको सुरक्षामा अहोरात्र खट्नुहुने प्रहरी कर्मचारीहरुको समस्या समाधान गर्ने तर्फ प्रदेश सरकारले आवश्यक पहल गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो । मधेश प्रदेश प्रहरी गणको व्यवस्थापनका लागि प्रदेश सरकारका बिभिन्न मन्त्रालय मार्फत यथेष्ट सहयोग गर्ने मुख्यमन्त्री सिंहले प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री सिंहलाई  गणपति प्रहरी उपरिक्षक नारायण रण्जितकार, प्रहरी निरिक्षक बेचन यादव सहितका प्रहरी अधिकारीहरुले गणको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै