मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

Ujyalosandeshonline 11844+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्ययोजना सार्वजनिक गर्दै यो प्रतिबद्धता जनाएका हुन् ।

१५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार संगठनलाई जनमैत्री, पारदर्शी र उत्तरदायी बनाउने योजना सुनाए। उनले भने, ‘अबको प्रहरी सेवा नतिजामुखी हुनेछ । जनताले अनुभूति गर्ने गरी व्यवहारिक सुधार ल्याइन्छ। अबको परिवर्तन कागजमा मात्र होइन, व्यवहारमै देखिन्छ ।’

उनले कार्यभार सम्हालेदेखि पछिल्लो १५ दिनभित्र फरार रहेका ४५ जना दोषी प्रतिवादी पक्राउ गरिएको जानकारी दिए । तीमध्ये कतिपय १६ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने र २६ लाख रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्ने अवस्थामा थिए। उनले प्रतिवादी पक्राउ अभियानलाई प्रहरीको ‘मिसन’को रूपमा अघि बढाइएको बताए ।

कार्कीका अनुसार पछिल्लो समयमा कोशी प्रदेशमा लागुऔषध समस्या गम्भीर बन्दै गएको छ। ‘१५ दिनमै १,२०० किलो गाँजा र ३०० ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ,’उनले बताए । लागुऔषध नियन्त्रणमा प्रहरी मात्र होइन, विद्यालय, समुदाय र सामाजिक संस्थाको सहकार्य अपरिहार्य भएको कार्कीको भनाइ थियो ।

उनले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणका लागि सशक्त अभियान सञ्चालन भइरहेको बताए। पछिल्लो दुई सातामा ४ करोडभन्दा बढीको अवैध सामान बरामद गरी भन्सारमा बुझाइएको जानकारी दिँदै उनले अब सशस्त्र प्रहरी, भन्सार र स्थानीय प्रशासनसँग समन्वय गरेर थप कठोर कदम चालिने बताए ।

यातायातका सन्दर्भमा ट्राफिक अनुशासनहीनता र सवारी चालकको लापरवाहीलाई सडक दुर्घटनाको प्रमुख कारण ठहर गर्दै कार्कीले ट्राफिक सुधारमा पनि जोड दिने योजना सुनाए । उनका अनुसार पछिल्लो १५ दिनमा ट्राफिक नियम उल्लंघनका कारण ५५ लाख रुपैयाँ बराबरको जरिवाना गरिएको छ । आगामी दिनमा जनचेतना, चालक शिक्षा तथा डिजिटल ट्राफिक निगरानी प्रणाली विस्तार गरिने उनले बताए ।

‘नेपाल प्रहरी संस्था हो, व्यक्ति होइन,’भन्दै डीआईजी कार्कीले प्रहरी संगठनभित्र अनुशासन बलियो बनाउने प्रतिबद्धता दोहोर्याए । संगठनभित्र देखिएको कमजोरी सुधार्न निरीक्षण र अनुगमन अभियान सुरु भइसकेको र केही कार्यालयको निरीक्षणसमेत सम्पन्न भइसकेको जानकारी दिए ।

समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै डीआईजी कार्कीले प्रहरीको भूमिका अपराध नियन्त्रणमा मात्र सीमित नराखी समाजसँगको सम्बन्ध बलियो बनाउने बताए । ‘शान्ति सुरक्षा कायम राख्न दीर्घकालीन नीतिगत सोच आवश्यक छ,’उनले भने, ‘प्रहरीको प्रयास मात्र पर्याप्त हुँदैन, समग्र प्रणालीको सुधार जरुरी छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार